शुक्रबार, चैत १६, २०८०
04:42 | १०:२७

एफएनजे यूकेद्वारा नेपालका कोरोना पीडित पत्रकारलाई २३ लाख सहयोग

नेपाली लिङ्क डिसेम्बर १६, २०२०


लण्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले कोरोना पीडित नेपाली पत्रकारहरुका लागि स्थापित कोषमा २३ लाख रुपियाँ जम्मा गरेको छ ।

महासंघको केन्द्रीय कार्यालयमा स्थापित आपतकालिन कल्याण कोषमा शाखाका तर्फबाट २३ लाख ५ हजार ५७७ रुपियाँ जम्मा गरिएको हो ।

शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरले सो राशीमध्ये २० लाख रुपियाँ कल्याण कोषमा जम्मा गर्न र बाँकी रकम कोरोना प्रभावित नेपाली पत्रकारहरुलाई तत्काल प्रदान गर्नका लागि केन्द्रलाई अनुरोध गरिएको जानकारी दिए ।

संघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले कोषको अवधारणामा यूके शाखाको उल्लेखनीय भूमिका रहेको बताउँदै सहयोगका लागि धन्यवाद दिएका छन् ।

कोरोना महामारी जस्ता समस्याबाट विश्वभर रहेका नेपाली पत्रकारहरुलाई अहिले परिरहेको र भविष्यमा पर्न सक्ने प्रभावबाट राहत दिन १ करोड रुपियाँका अक्षयकोष बनाउने उद्देश्यले महासंघले कोष स्थापना गरेको हो ।

सो कोषमा हालसम्म करिब ७० लाख रुपियाँ जम्मा भइसकेको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू