शुक्रबार, वैशाख १४, २०८१
23:27 | ०४:१२

नेपाली सेफ सन्तोष बीबीसी मास्टर सेफको टप ४ मा

नेपाली लिङ्क डिसेम्बर १५, २०२०


लण्डन । अन्तरराष्ट्रिय स्तरमै प्रतिष्ठित ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स्’ यूकेमा प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगिताको शीर्ष (टप) ४ मा पुगेका छन् ।

मंगलबार ‘बीबीसी वान’ मा प्रसारित फाइनल राउण्डको पहिलो चरणबाट अघि बढ्दै उनी टप ४ मा पुगेका हुन् ।

यसअघि प्रतियोगिताको फाइनल राउण्डमा पुग्ने सन्तोषसहितका ६ प्रतियोगी सेफले मंगलबार फाइनलको पहिलो चरणमा प्रतिस्पर्धा गरेका थिए । यो चरणबाट छानिएका सन्तोषसहित ४ जना अघि बढेका छन् भने २ जना बाहिरिएका छन् ।

मंगलबारको ‘इन्भेन्सन् राउण्ड’ मा सन्तोषले डिजर्टको रुपमा कोदोको खीर बनाएर पस्किएका थिए । नेपाली खनाका परिकारको साथै नेपाली खानाका ‘इंग्रिडिएन्ट’ समेत चिनाउने लक्ष्य राखेको बताउने उनले कोदोको खीरसंगै आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमोट’ पनि प्रस्तुत गरेका थिए ।

त्यस्तै, निर्णायकको आग्रहमा खरायोको ‘फ्रेन्च क्लासिक डिस’ लाई उनले नेपाली भुटनको स्टाइलमा तयार पारेका थिए ।

‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल यही बिहीबार बेलुका प्रसारण हुनेछ । त्यसअघि बुधबार बेलुका हुने अर्को चरणको प्रतिस्पर्धाबाट तीन फाइनालिस्ट अन्तिम प्रतिस्पर्धाका लागि छानिनेछन् ।

सिरहाको कर्जन्हाका सन्तोष अन्तरराष्ट्रिय स्तरमै प्रतिष्ठित बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खानासहित सहभागी हुने पहिलो नेपाली हुन् ।

भारत तथा बेलायतका प्रतिष्ठित होटेल तथा रेष्टुरेन्टमा अनुभव लिइसकेका उनी नेपाली खानाको मौलिकता र विविधतालाई विश्वमाझ चिनाउने लक्ष्यमा अघि बढेको बताउंछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू