बुधबार, वैशाख १२, २०८१
04:17 | ०९:०२

तमुधिं यूकेको नेतृत्व हित काजीको काँधमा, सिंगो कार्यसमिति निर्विरोध

नेपाली लिङ्क डिसेम्बर १३, २०२०

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली संस्थाका रुपमा चिनिने तमुधिं यूकेको नेतृत्व हित काजी गुरुङको काँधमा आएको छ ।

संस्थाको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हितकाजी आउँदो कार्यसमितिको अध्यक्षमा निर्विरोध भएका छन् । उम्मेदवारी मनोनयनका लागि तोकिएको समयभित्र अध्यक्ष पदमा उनको एकल उम्मेदवारी परेको हो ।

तमुधिं यूके स्रोतका अनुसार संस्थाको २९ सदस्यीय सिंगो कार्यसमिति नै निर्विरोध भएको छ । तीन उपाध्यक्षमा हरि गुरुङ, जुमकाजी गुरुङ र तुलाराम गुरुङ निर्विरोध भएका छन् । उनीहरुमध्ये  हरि र जुमकाजी वर्तमान कार्यसमितिमा पनि उपाध्यक्ष छन् भने तुलाराम अहिले महासचिव छन् ।

त्यस्तै, नयाँ कार्यसमितिको महासचिवमा परशुराम गुरुङ निर्विरोध भएका छन्। वर्तमान कार्यसमितिमा सचिव रहेका उनी लमजुङ समाज यूकेका पनि सचिव हुन् । तमुधिं यूकेको कोषाध्यक्षमा व्यवसायी कमल कोने गुरुङ आएका छन् । उनी अहिलेको कार्यसमितिका सह-कोषाध्यक्ष हुन् ।

नयाँ कार्यसमितिको खेलकुद संयोजक क्या देव घले छन् । उनले विगत तीनकार्यकाल उक्त पदमा रहेका क्या पिताम्बर गुरुङलाई प्रतिस्थापन गर्नेछन् ।

तमुधिं यूकेको ११ औं महाधिवेशन यही डिसेम्बर २० तारिख हुँदैछ । कोभिड महामारीबीच लागू प्रतिवन्धका कारण ‘भर्चुअल’ रुपमै हुने अधिवेशनले नयाँ कार्यसमितिको औपचारिक घोषणा गर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू