शुक्रबार, वैशाख १४, २०८१
07:42 | १२:२७

लन्डन दूतावासका सैनिक सहचारीले बेलायतबाट पाए ‘एग्रीमो’

भिसा प्रतिक्षामा महासेनानी गोदार

नेपाली लिङ्क डिसेम्बर १३, २०२०


लन्डन । लन्डनस्थित नेपाली दूतावासका लागि नियुक्त सैनिक सहचारी (मिलिट्री अट्याची) महासेनानी 
रत्नबहादुर गोदार छिट्टै बेलायत आउने भएका छन् ।

बेलायतले ‘एग्रीमो’ पठाएपछि गोदार अहिले भिसा प्रतिक्षामा रहेको सैनिक श्रोतले जानकारी दिएको छ । ‘नयां दिल्लीबाट भिसा आएपछि उहां दुईसाताभित्र लन्डन आइपुग्ने आशा छ’, श्रोतले भन्यो ।

ब्रिगेडियर जनरल कुमार थापा आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी गत नोभेम्बर १४ मा नेपाल फर्किएपछि त्यसयता दूतावास सैनिक सहचारीविहीन छ ।

बेलायत नेपाल तथा दुई देशका सैनिकबीच सम्बन्ध अभिवृद्धि, सैन्य सहयोग र प्रशिक्षण आदानप्रदान लगायत क्षेत्रमा सैनिक सहचारीको भूमिका प्रमुख मानिन्छ ।

यसैबीच, राजदूत डा. दुर्गाबहादुर सुवेदी आफ्नो चार वर्षे कार्यकाल सकेर यही महिनाको अन्त्यतिर नेपाल फर्कने तयारी छ । अक्टोबरमै कार्यकाल सकिएपनि नयां नियुक्त राजदूत लोकदर्शन रेग्मीको प्रक्रियामा केही ढिलाइले सुवेदीको बसाइ लम्बिएको हो ।

अहिले डा. सुवेदी ‘भर्चुअल’ विदाइ भेटमा व्यस्त छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू