भूपू गोर्खाको दाहसंस्कारका लागि ४ हजार पाउण्ड सहयोग


लन्डन । किरात धर्म तथा साहित्य उत्थान संघ यूकेले भूतपूर्व गोर्खा स्वर्गीय आशमान राईको दाहसंस्कारका लागि परिवारलाई ४ हजार पाउण्ड सहयोग गरेको छ ।
१२ डिसेम्बर शनिबार स्वर्गीय राईकी श्रीमति रुकमति चेम्जोङ राईलाई उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
किरांत याक्थुङ चुम्लुङ रशमोर शाखाकी उपाध्यक्ष रोमियन लिम्बु, सल्लाहकार नीर प्रसाद लिम्बु र दुर्गाबहादुर थेबेले उक्त रकम श्रीमति राईलाई उनकै निवास अल्डरसटमा गएर हस्तान्तरण गरेका हुन् ।
आफ्ना सदस्यको मृत्यु पश्चात धार्मिक परम्परा अनुसार काजक्रिया गर्न सहज होस् भनेर परिवारलाई आर्थिक सहयोग गर्ने प्रचलन संघको छ । किरात धर्म तथा साहित्य उत्थान संघ यूके अध्यक्ष रामकुमार सिंथेबे छन् ।
किरांत याक्थुङ चुम्लुङ रशमोर शाखाकी उपाध्यक्ष रोमियन लिम्बुले स्वर्गीय राईको यही बुधबार अन्तिम दाहसंस्कार गर्ने जनाउंदै आफ्नो शाखाले पनि सहयोग संकलन गरिरहेको बताइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५