शनिबार, साउन १२, २०८१
06:28 | ११:१३

लन्डनमा क्रिसमसपछि ‘लकडाउन’ को चेतावनी

नेपाली लिङ्क डिसेम्बर १२, २०२०

लन्डन । बेलायतमा कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् । क्रिसमसको समयमा आगामी डिसेम्बर २३ देखि २७ सम्म तीन घरका परिवारबीच भेटघाट गर्न पाउने सरकारले घोषणा गरेको छ । युनिभर्सिटी अफ एडिनब्राका प्रोफेशर डेभी श्रीधरले भनेका छन् ‘यदि मानिसहरुले क्रिसमसमा सावधानी नअपनाउने हो भने त्यसको मूल्य जनवरी र फेब्रुअरीमा लकडाउनमार्फत तिर्नुपर्नेछ ।’

एडिनब्रा युनिभर्सिटीका अर्का प्रोफेशर लिन्डा बोल्डले पनि अन्य घरपरिवारसंग भेट्न निकै ध्यान दिनुपर्ने भन्दै उच्च जोखिम भएका क्षेत्रबाट कम जोखिम भएका ठाउँमा जान समेत विचार पुर्याउनुपर्ने बताएकी छन् । घरभित्र अन्य परिवारसँग भेटघाट गर्दा भेन्टिलेशनका कारण रोगको संक्रमण थप बढ्ने हुँदा क्रिसमसको समयमा संक्रमण दर बढ्न सक्ने विज्ञहरुले बताएका छन् । क्रिसमसमा गरिएको लापरवाहीले गर्दा अर्को वर्षको शुरुमा ठूलो मूल्य चुकाउनुपर्ने वैज्ञानिकको चेतावनी छ ।

स्कटल्याण्डमा संक्रमण दरमा कमी, लकडाउन खुकुलो

यसैगरी स्कटल्याण्डमा हाल जारी लकडाउन केहि खुकुलो पारिएको छ । सेन्ट्रल वेष्ट स्कटल्याण्ड लगायत ग्लास्गो क्षेत्रका पब, रेष्टुरेन्ट तथा क्याफेहरू तीन हप्तापछि संचालनमा आएका हुन् । संक्रमणमा कमी आएसंगै मापदण्डलाई चौथो लेभलबाट तेस्रो लेभलमा झार्ने निर्णय गरिएको अधिकारीहरुले बताएका छन् ।

११ वटा काउन्सिल क्षेत्रमा करिब दुई मिलियन मानिस गत नोभेम्बर २० देखि कोरोना संक्रमणको चौथी लेभलको पीडा भोग्दै आएका थिए । अल्कोहल विक्रिमा प्रतिबन्ध लगाउंदै हस्पिटालिटी क्षेत्रलाई संचालन गरिएको छ भने सांझ ६ बजेसम्म बन्द गरिसक्नुपर्नेछ । प्रतिबन्ध सम्बन्धि नियम अझै कायमै रहेकाले अत्यावश्यक कामबाहेक ग्लास्गो भन्दा बाहिर जान अझै गैरकानूनी मानिनेछ ।

हस्पिटालिटी क्षेत्रमा दुई परिवारका बढीमा ६ जनासम्म मात्र भेट्न पाउनेछन । तर, १२ वर्ष भन्दा मुनिका केटाकेटीलाई भने दुई परिवारबीचमा गणना गरिने छैन । टेबल सर्भिस, मास्क प्रयोग र भौतिक दुरी अनिवार्य गरिएको छ भने एकदिनमा एक भन्दा बढी स्थानमा नजान समेत आग्रह गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू