शुक्रबार, वैशाख ७, २०८१
00:13 | ०४:५८

बेलायतमा एकैदिन २१ हजार बढी संक्रमित  

नेपाली लिङ्क डिसेम्बर ११, २०२०

लन्डन । बेलायतमा कोरोना संक्रमणदर दैनिक रुपमा बढ्दै गैरहेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले शुक्रबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप २१ हजार ६७२ जना नयां कोरोना संक्रमित थपिएका छन् ।

हिजो बिहीबार संक्रमित संख्या २० हजार ९६४ रहेको थियो भने बुधबार संक्रमित संख्या १६ हजार हाराहारीमा थियो । बेलायतमा एकसातामा एक लाख १९ हजार भन्दा बढी संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १८ लाख ९ हजार ४५५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा चार लाख भन्दा बढीको कोरोना परीक्षण गरिएको थियो ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ४२४ जना संक्रमितको मृत्यु भएको छ । बेलायतमा एकसातामा मात्रै कोरोनाका कारण तीन हजार ३७१ जनाको ज्यान गएको छ । हालसम्म ६३ हजार १२५ जना कोरोना संक्रमितको मृत्यु भैसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।

संक्रमितको संख्या बढेसंगै हस्पिटल भर्ना हुनेको संख्या पनि बढेको छ । बितेको २४ घन्टामा एक हजार ६२२ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् । हाल १६ हजार भन्दा बढीको हस्पिटलमा उपचार भैरहेको छ । जसमध्ये एक हजार २६७ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू