मंगलबार, वैशाख ११, २०८१
18:46 | २३:३१

बेलायत इयू व्यापार सम्झौतामा अझै आशा

रासस-एएफपी डिसेम्बर ११, २०२०

बर्लिन । यूरोपेली यूनियन (ईयू) बाट बेलायत बहिर्गमन भएपछि गरिने भनिएको व्यापार सम्झौता हुने अझै सम्भावना रहेको जर्मनी तथा आयरल्याण्डका विदेशमन्त्रीले शुक्रबार बताएका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसन र ईयूको उच्च नेतृत्वले व्यापार सम्झौता टारिने वातावरण देखिएको भनी धारणाहरू आइरहेको समय ईयू सदस्य राष्ट्रका ती विदेशमन्त्रीहरूले सम्झौताको सम्भावना रहेको बताएका हुन् ।

जर्मनीका विदेशमन्त्री हेइको मासले भने, “सम्झौताका आधारहरू कठिन मोडमा रहेका भएपनि हामीले विश्वास गरेका छौं कि अझै सम्झौताको सम्भावना टरेको छैन् ।”

“सम्भावनाको चर खुला रहँदासम्म हामीले आशावादी रहनुपर्छ र वार्तालाई निरन्तरता दिनुपर्छ,” उनले आफ्ना आयरल्याण्डका समकक्षी साइमन कोभेनीसँगको भेटपूर्व बर्लिनमा बताए ।

आयरल्याण्डका विदेशमन्त्री कोभेनीले पनि बेलायतसँगको भविष्यको सम्बन्ध र व्यापार सम्झौता हुन अझै सम्भावना रहेको विश्वास व्यक्त गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू