बेलायतमा सोमबारबाट ‘सेल्फ-आइसोलेशन’ अवधि घट्ने
सोमबारबाट १४ दिनको सट्टा १० दिन मात्र


लन्डन । बेलायतमा हाल कायम सेल्फ आइसोलेशनको अवधि आउँदो सोमबारदेखि १४ दिनबाट १० दिनमा झारिने भएको छ । कोरोना भाइरस पुष्टि भएका मानिसहरुको सम्पर्कमा आएका कारण सेल्फ आइसोलेशनमा बसेकाले अब १० दिनमा नै मुक्ति पाउने भएका छन् ।
साथै यो नियम बेलायतको ‘ट्राभल करिडोर’ को सूचीमा भएका मुलुकबाट बेलायत भित्रिने मानिसहरुलाई समेत लागू हुनेछ । पछिल्ला दिनमा गरिएको समिक्षा र प्रमाणले आफूहरु विश्वस्त भएको भन्दै यूकेका चार मेडिकल अफिसरहरूले संयुक्त रुपमा सेल्फ आइसोलेशनको नयाँ नियम घोषणा गरेका हुन् ।
ट्राभल मुलुकको सूचीमा नभएका स्थानबाट आउनेले पनि सोमबारबाट १४ दिनको सट्टा १० दिनमात्रै आइसोलेशनमा बस्नुपर्नेछ । इंग्ल्याण्ड र नर्दर्न आयरल्याण्डका विभिन्न भागमा कोरोना संक्रमण दर न्यू भएको तथ्याँकका आधारमा उक्त निर्णय गरिएको अधिकारीहरुले बताएका छन् ।
तर राष्ट्रिय तथ्याँकको कार्यालय (ओएनएस) ले भने लन्डन र लण्डनको पूर्वी भूभागमा कोरोना संक्रमण दर बढेको बताएको छ । स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले धेरै संक्रमित रहेका क्षेत्रका सेकेण्डरी स्कुलका केटाकेटी, शिक्षक र तिनका परिवारमा परीक्षणको दायरा वृद्धि गरिने बताएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५