शुक्रबार, वैशाख ७, २०८१
02:55 | ०७:४०

विश्व सम्पदा स्वयम्भू मास्न लागेको भन्दै बेलायतबाट विरोध

न्याय प्राप्तिका लागि अन्तराष्ट्रिय निकायसमक्ष जाने चेतावनी

नेपाली लिङ्क डिसेम्बर ११, २०२०

लन्डन । सडक विस्तारका क्रममा विश्व सम्पदा सूचीमा रहेको स्वयम्भू काठमान्डौको संरचना मास्न लागिएको भन्दै बुद्धिस्ट कम्युनिटी सेन्टर यूके लगायत अन्य विभिन्न नेपाली संघसंस्थाले विरोध जनाएका छन् । सडक विस्तार गर्ने भन्दै सरकारले चक्रपथ अन्तर्गत कलंकी-चाबहिल सडकमा पर्ने विभिन्न संरचना भत्काउन लागेपछि विरोध भएको हो ।

नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागले काठमाडौस्थित चक्रपथ बिस्तारको दोश्रो चरणमा विश्व सम्पदामा सुचीकृत स्वयम्भूनाथ क्षेत्रमा अवस्थित बौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र सिमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र हजार बुद्धको मुर्ति सहितको स्तुपा (साङ्गे तोङकु) समेत भत्काउने निर्णयप्रति बुद्धिष्ट कम्युनिटी सेन्टर यूके, शेर्पा संघ बेलायत, तामाङ घेदुङ यूके, ह्याम्लो सोसाइटी यूके, तामाङ सोसाइटी यूके, थाउजंड बुद्ध यूके र बुद्धिष्ट कम्युनिटी सेन्टर केन्ट यूकेले एक विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘विश्व शान्तिको अग्रदुत गौतम बुद्ध जन्मेको देशमा राज्यको जिम्मेवार निकायको तर्फबाट भएको यस किसिमको गैरजिम्मेवारप्रति हामी बेलायतमा बसोबास गर्दै आएका समस्त ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाप्रेमी र बौद्धमार्गीहरुको भावनामा गम्भीर चोट पुग्न गएको छ । त्यसैगरि विश्व जगतमा समेत अग्रदुत गौतम बुद्धको मुर्ति भत्काउने निकृष्ट कार्यले नकारात्मक सन्देश प्रवाह हुने निश्चित छ ।’

विकासको नाममा सडक बिस्तार लगायत कुनै पूर्वाधारहरु भत्काउदा वा पुन: निर्माण गर्दा सबै धर्मावलम्वीहरुको धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदाहरुलाई क्षति नपुरयाइ विकासका गतिविधि गर्न गराउन पनि विज्ञप्तिमा माग छ ।

सरकारी निकायबाट नै जबरजस्ती यस किसिमको कार्य अघि बढाएमा विश्व सम्पदामा सुचिकृत नेपालको सांस्कृतिक सम्पदा संरक्षण र न्याय प्राप्तिका लागि सम्बन्धित अन्तराष्ट्रिय निकायहरुमा आवाजका साथै बेलायतबाट सशक्त आन्दोलनमा उत्रने चेतावनीसमेत उनीहरुले दिएका छन् ।

विज्ञप्तिको पूर्ण पाठ-

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू