शनिबार, वैशाख १५, २०८१
02:31 | ०७:१६

ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्सका लागि ७७० नेपाली युवा अन्तिम प्रतिस्पर्धामा

ब्रिगेड अफ गोर्खाजमा ३४० जना छानिने

नेपाली लिङ्क डिसेम्बर ११, २०२०

फाइल तस्बिर

लण्डन ।  बेलायत सरकारले ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्सका लागि ७ सय ७० नेपाली युवालाई अन्तिम प्रतिस्पर्धामा आमन्त्रण गरेको छ । तीमध्ये ब्रिटिसमा ३४० र सिंगापुरमा १४० जनामात्र लगिनेछ ।  

ब्रिटिस आर्मी मुख्यालयले १० डिसेम्बरमा रेक्रुट इन्टेक आरआई–२०२१ का निम्ति नामावलीसहित बोलाएको हो । बेलायतले मनाङ, मुस्ताङ, डोल्पा, सिरहा, धनुषालगायत ५६ जिल्लाका युवालाई अन्तिम प्रतिस्पर्धामा सामेल हुन आव्हान गरेको छ ।  

कोरोना महामारीका कारण गत वर्ष क्षेत्रीय र अन्तिम चरणको छनोटबाट बाहिरिएकामध्ये सीमित युवालाई मात्र मौका दिइएको छ । यस वर्ष नियमित तालिकाभन्दा एक महिना पछाडि जनवरी २३ बाट सिंगापुर र फेब्रुअरी २ बाट ब्रिटिस गोर्खाको छनोट हुने जनाइएको छ ।  

अन्तिम छनोट पोखरामा हुनेछ । अन्तिम प्रतिस्पर्धामा सिंगापुर पुलिस फोर्सका निम्ति २ सय १० जना बोलाइएका छन् जसमध्ये १ सय ४० जना छनोट हुनेछन् । 

त्यसैगरि ब्रिगेड अफ गोर्खाजका निम्ति देशभरिबाट ५ सय ६० जनालाई प्रतिस्पर्धामा बोलाइएको छ । अन्तिममा ३ सय ४० जना छनोट हुनेछन् । गत वर्ष ब्रिटिसमा ४ सय ३२ जना र सिंगापुरमा २ सय २० भर्ती लिइएको थियो ।

यस वर्ष छनोट प्रक्रिया छोटो र सहज तुल्याइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू