शनिबार, वैशाख ८, २०८१
06:31 | ११:१६

बेलायतमा नेपाली चिकित्सकले लगाए कोभिड खोप

नेपाली लिङ्क डिसेम्बर १०, २०२०

लण्डन । बेलायतमा आममानिसमा कोभिड खोप लगाउन शुरु भएसंगै एक नेपाली चिकित्सकले कोभिड खोप लिएका छन्। 

ब्रोङलिस जनरल हस्पिटलमा कार्यरत नेप्लिज् डक्टर्स एसोसिएशन (एनडिए) यूकेका अध्यक्ष डा रमेश खोजुले बिहीवार बिहान ग्लाङली जनरल हस्पिटल कारमरथेन गएर उक्त खोप लिएको नेपाली लिंकलाई बताए ।  

उनले अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप लिएका हुन् ।  

अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मचारी, ८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदार खोपको पहिलो प्राथमिकतामा छन् ।

कोभिड खोप लिंदाको अनुभवलाई सामान्य भन्छन् उनी । ‘अरु खोप लाउंदा जस्तै सामान्य नै लाग्यो । खासै फरक अरु केही छैन’- उनले सुनाए ।  

खोपप्रति आशंका र डर हुन आवश्यक नरहेको उनले बताए ।  ‘यो खोप परीक्षणहरुबाट प्रभावकारी देखिइसकेको छ । ‘एलर्जिक रियक्सन्’ को समस्या हुनेबाहेक अरु सबैमा खोपको अरु कुनै असर देखिएको छैन’- उनले भने ।  

बेलायतमा गत मंगलबारदेखि आममानिसमा कोभिड खोप दिने अभियान शुरु भएको छ । अहिले उक्त खोप बेलायतभरका ५० अस्पतालबाट शुरु गरिएपनि आउँदा साता जिपीबाट समेत खोप दिने तयारी छ । 

बेलायतमा पहिलो चरणमा ८ लाख डोज भ्याक्सिन दिइने छ । 

नेप्लिज् डक्टर्स एसोसिएशन (एनडिए) यूकेले विगत देखि नै नेपाली समुदायमा कोभिड सचेतना कार्यक्रम गर्दै आएको छ ।

एसोसिएशनले नेपालमा कोभिड १९ संक्रमितहरुको उपचारमा सघाउन बेलायतको ‘नाइटिंगेल’ जस्तै कोरोना विशेष अस्पताल संचालन गर्ने लक्ष्यमा कोष संकलन समेत शुरु गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू