शनिबार, वैशाख ८, २०८१
19:15 | ००:००

सगरमाथाको उचाइ ८६ सेमी वृद्धि

रासस डिसेम्बर ८, २०२०

काठमाडौं । सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले आज संयुक्त रुपमा सर्वोच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् ।

अब सगरमाथाको उचाइ आठ हजार ८४८.८६ मिटर हुने भएको छ । नेपालले पहिलो पटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाइ मापन गरेको हो । नेपालले करीब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो ।

गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू