शुक्रबार, वैशाख १४, २०८१
16:31 | २१:१६

ब्रेक्जिट सङ्क्रमणकाल थप नगरिने

एएफपी डिसेम्बर ७, २०२०


लण्डन–बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रवक्ताले बेलायतले ब्रेक्जिट संक्रमणको अवधि थप गर्ने सम्बन्धी थप वार्ताको सम्भावना अस्वीकार गरेका छन् ।

ब्रसेल्समा ब्रेक्जिटसम्बन्धी वार्ताको चर्चा चलिरहँदा बेलायती प्रधानमन्त्री जोन्सनका प्रवक्ताले सोमबार ब्रेक्जिट संक्रमणको अवधि थप गर्नेसम्बन्धी थप वार्ताको सम्भावनालाई बेलायतले अस्वीकार गर्ने बताएका हुन् ।

‘अवश्य पनि समय एकदम कम छ । हामी अन्तिम चरणमा छौं’- प्रधानमन्त्रीका प्रवक्ताले पत्रकारसंग भने, ‘हामीसँग समय भएसम्म र अझै पनि सम्झौता सम्भव छ भने वार्ता गर्न तयार छौं ।’

उनले संक्रमणको अवधि भने नलम्बिने प्रष्टयाए । उनले अगाडि थपे, ‘हामीले धेरै अवसरहरुमा प्रष्ट पारिसकेका छौं, हामीले संक्रमणको अवधिलाई थप गर्ने छैनौं ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू