मंगलबार, वैशाख ११, २०८१
15:43 | २०:२८

तमुधिं यूके संस्थापक अध्यक्ष मीनप्रसादलाई पत्नीशोक

नेपाली लिङ्क डिसेम्बर ७, २०२०

लण्डन । तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङलाई पत्नीशोक परेको छ ।

उनकी पत्नी चन्द्रमाया गुरूङको सोमबार दिउंसो बेलायतको रेडिङस्थित घरमै निधन भएको गुरुङ परिवारका आफन्त स्थानीय समाजसेवी कमल कोने गुरुङले नेपाली लिँकलाई जानकारी दिए ।  

५० वर्षीया स्वर्गीय गुरुङ क्यान्सर रोगबाट पीडित थिइन् । उनका एक १६ वर्षीय छोरा छन् ।  

पारिवारिक स्रोतका अनुसार स्वर्गीय चन्द्रमायालाई गत जुलाई महिनामा कलेजोमा क्यान्सर देखिएको थियो ।

बेलायतका सयौं नेपाली संस्थामध्येकै ठूलो र अग्रणी तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद यहाँको समुदायमा एक अग्रज समाजसेवीका रुपमा परिचित छन्  

उनको परिवारमा परेको शोकप्रति बेलायतवासी नेपालीले गहिरो दु:ख व्यक्त गरेका छन् ।  

यो साथ अब सधैंका लागि टुट्यो: तमुधिं यूके संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ पत्नीका साथ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू