शुक्रबार, वैशाख ७, २०८१
04:03 | ०८:४८

बेलायती प्रधानमन्त्री र युरोपेली कमिसन अध्यक्षवीच ब्रेक्जिट वार्ता सोमबार

रासस-एएनआई डिसेम्बर ६, २०२०


लन्डन-२१ मङ्सिर– बेलायती प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटपछिको व्यापार वार्ता हुने भएको छ । सो वार्ता सोमबार हुन लागेको सञ्चारमाध्यमले जनाएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली कमिसन अध्यक्ष उर्सला भोन डेर लियनबीच सोमबार बेलायत युरोपेली युनियनबाट बाहिरिएपछिको भविष्यका विषयमा वार्ता हुन लागेको हो ।

शनिबार उनीहरुबीच भएको फोनवार्ताका क्रममा सो विषयमा सहमति भएको थियो । त्यस अवसरमा सोमबार साँझ सो वार्ता गर्ने विषयमा सहमति भएको थियो । साथै यस विषयमा दुई नेताबीच समय समयमा वार्ता गर्ने बारेमा पनि सो फोनवार्ताका क्रममा सहमति भएको थियो ।

बेलायती प्रधानमन्त्रीको कार्यालयबाट प्रकाशित विज्ञप्तिमा उनीहरुबीच कुराकानी हुने जानकारी गराइएको छ । साथै सो वार्तामा विभिन्न आर्थिक तथा अरु द्धिपक्षीय विषयहरुमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू