शुक्रबार, वैशाख १४, २०८१
02:40 | ०७:२५

गुल्मीका ७२ वर्षे दम्पतीद्वारा सम्बन्ध विच्छेद

२०५२ मा बाटुलीको तीलबहादुरसँग दोस्रो बिहे भएको थियो

रासस डिसेम्बर ५, २०२०

सांकेतिक तस्विर

गुल्मीमा एक वृद्ध दम्पत्तीले सम्बन्ध विच्छेद गरेका छन् । गुल्मी दरकार गाउँपालिका–४ स्थित भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले जिल्ला अदालत गुल्मीमा आज सम्बन्ध विच्छेद गरेका हुन् ।

नेपालमा ७० वर्ष भन्दा बढी उमेरमा सम्बन्ध विच्छेदको घटना विरलै हुने गर्दछ । आफ्ना पहिलेका श्रीमानको मृत्यु भइसकेपछि विसं २०५२ मा बाटुलीको तीलबहादुरसँग दोस्रो बिहे भएको थियो ।

सामान्य मनमुटावका कारण घरमा सधैँ भरि झगडा गरेर बस्नुभन्दा बाच्दासम्म शान्तिसँग बस्न पाइयोस भनेर सम्बन्ध विच्छेद गर्ने सोच बनाएको श्रीमती बाटुली विकले बताइन् ।

यी वृद्ध दम्पत्तीले जिल्ला अदालत गुल्मीबाट कानूनी रुपमा सम्बन्ध विच्छेद गरेर अलग–अलग बस्ने निधो गरेका हुन् । यी दम्पत्ती आफ्ना छोराछोरी र नातीसँगै सम्बन्ध विच्छेदका लागि आज अदालत पुगेका थिए ।

“बाबा आमा दुवैको सहमतिअनुसार सम्बन्ध विच्छेद भएको हो”, तीलबहादुरका राइलो छोरा देवेन्द्र विश्वकर्माले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू