बिहीबार, चैत १५, २०८०
14:18 | २०:०३

बेलायतमा मंगलबारबाट कोभिड भ्याक्सिन दिइने

खोपको पहिलो लट विहीबार  लण्डन आइपुगेको छ

नेपाली लिङ्क डिसेम्बर ४, २०२०

तस्बिर एपी

लन्डन । बेलायतमा फाइजर बायोएनटेकले विकास गरेका कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज आगामी ८ डिसेम्बर मंगलबारबाट शुरु गरिने भएको छ । एनएचएस प्रमुख कार्यकारी क्रिस हप्सनले कोरोना विरुद्धको भ्याक्सिन्लाई म्याराथनको संज्ञा दिंदै आगामी मंगलबार दौड शुरु गर्ने बीबीसीलाई बताएका छन् ।

बेलायतले फाइजर बायोएननटेकले उत्पादन गरेका कोभिड खोपको ४ करोड डोज अर्डर गरिसकेको छ । जसबाट एक मानिसलाई दुई डोजका दरले कुल २ करोड मानिसलाई खोप प्रदान गर्न सकिनेछ  ।

दुई दिनअघि मात्रै बेलायतले आम प्रयोगका लागि स्वीकृति दिएको फाइजर र बायोनटेकद्वारा निर्मित खोपको पहिलो लट विहीबार लण्डन आइपुगेको छ ।  बेलायतले पहिलो चरणमा केयर होममा बस्ने ज्येष्ठ नागरिक, एनएचएसमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी, ज्येष्ठ नागरिक, मेडिकल समस्याका कारण जोखिम समूहमा रहनेहरु लगायतलाई खोप वितरण गर्ने योजना बनाएको छ ।

परीक्षणका क्रममा फाइजर बायोएनटेक ९५ प्रतिशत प्रभावकारी पाइएको यो खोप आम प्रयोगका लागि सुरक्षित रहेको निश्कर्षसहित बेलायतले स्वीकृत प्रदान गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू