बिहीबार, वैशाख १३, २०८१
19:57 | ००:४२

बेलायतमा खोपको उत्साहबीच मर्ने क्रम निरन्तर

थप ५०४ संक्रमितको मृत्यु

नेपाली लिङ्क डिसेम्बर ४, २०२०


लन्डन । कोरोना विरुद्धको भ्याक्सिनलाई मान्यता दिने बेलायत पहिलो मुलुक बनेसंगै बेलायतवासी थप उत्साहित छन् । अझ कोरोना संक्रमित र हस्पिटलमा उपचारार्थ भर्ना भएका बिरामीहरुमा बाँच्ने आशा पलाउनु स्वभाविक हो । आज मात्र फाइजर-बायोएनटेकद्वारा तयार पारिएको भ्याक्सिनको पहिलो लट बेलायत  भित्रिसकेको छ ।

तर, बेलायतमा कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको छ । अहिले यहाँ एकसाताभित्र तीन हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु भइरहेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ल को तथ्याँकले देखाएको छ । आज शुक्रबार  सार्वजनिक भएको तथ्याँक अनुसार बितेको २४ घन्टामा मात्र थप ५०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हिजो विहीबार २४ घन्टामा मृत्यु हुनेको संख्या ४१४ थियो ।  मृतकको आधारमा बेलायत विश्वभरिमै पाँचौं स्थानमा छ भने युरोपको अग्रस्थानमा । बेलायतमा कोरोना संक्रमणका कारण हालसम्म ६० हजार ६१७ जनाको ज्यान गैसकेको छ ।

यसैगरी कोरोना संक्रमितको संख्या पनि पछिल्लो २४ घन्टामा १६ हजार नाघेको छ । शुक्रबार साँझसम्ममा थप १६ २९८ जना नयाँ संक्रमित थपिएका छन् । यससंगै बेलायतमा हालसम्म कोरोना संक्रमितको संख्या १६ लाख ९० हजार ४३२ पुगेको तथ्याँकले देखाएको छ ।

अहिले बेलायतका हस्पिटलहरुमा १४ हजार भन्दा बढी संक्रमितको उपचार भैरहेको छ । पछिल्लो २४ घन्टामा मात्र एक हजार ३६४ जना नयाँ संक्रमित हस्पिटल भर्ना भएका छन् । जसमध्ये एक हजार २६१ जनालाई भेन्टिलेटर बेडमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू