शुक्रबार, जेठ ३, २०८२
बेलायतमा कोरोनाका कारण मर्नेको संख्या ६० हजार नाघ्यो


नेपाली लिङ्क
डिसेम्बर ३, २०२०
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बिहीबार ६० हजार नाघेको छ ।
पछिल्लो २४ घन्टामा थप ४१४ जना नयाँ संक्रमित थपिएसँगै यहाँ ज्यान गुमाउनेको संख्या ६० हजार ११३ पुगेको हो ।
कोरोनाका कारण ज्यान गुमाउने संख्याको आधारमा बेलायत युरोपियन मुलुकमध्ये अग्रस्थानमा छ ।
यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि १६ लाख ७४ हजार नाघेको छ । आज सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप १४ हजार ८७९ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ३५० जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार ३१५ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १५ हजार २३६ जनाको हस्पिटलमा उपचार भइरहेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५