बिहीबार, वैशाख १३, २०८१
05:03 | ०९:४८

युवा नेता सिजन गुरुङलाई नेप्लिज युथ यूकेबाट बिदाई

नेपाली लिङ्क नोभेम्बर २९, २०२०

फाइल तस्विर: कांग्रेस युवा नेता सिजन गुरुङ

लण्डन । बेलायत भ्रमणमा आएका नेपाली कांग्रेसका युवा नेता सिजन गुरुङलाई बेलायतस्थित युवाहरुले एक कार्यक्रमबीच बिदाई गरेका छन् ।

बेलायत भ्रमण पूरा गरी आउँदो साता नेपाल फर्किन लागेका नेपाली कांग्रेस महासमिति सदस्य एवम् तरुण दल सुनसरी अध्यक्ष गुरुङको सम्मानमा शनिबार भर्चुअल बिदाई कार्यक्रम गरिएको हो ।

नेप्लिज यूथ यूकेद्धारा आयोजित बिदाई कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट ४ दर्जन युवा सहभागी थिए ।

एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेप्लिज यूथ यूकेका संस्थापक अध्यक्ष एवम् एनआरएनए यूकेका पूर्व युवा संयोजक रिचर्ड गुरुङ र एनआरएनए यूकेका पूर्व युवा संयोजक कुमार थापाले संयोजन गरेका थिए ।

बिदाई कार्यक्रममा नेता गुरुङले बेलायतमा रहेका नेपाली युवाहरुले दर्शाएको स्नेह र आत्मीयताका लागि धन्यवाद प्रकट गरे । नेप्लिज युथ यूकेले युवाहरुको शक्तिलाई समाजिक कार्यमा परिचालन गर्दै आएकोमा प्रशंसा गर्दै उनले आगामी दिनमा पनि सामाजिक सक्रियतालाई निरन्तर राख्न सुझाव दिए ।

एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहा मगरले युवा नेता गुरुङ बेलायतस्थित नेपाली युवाहरुको लागि आइकन रहेको भन्दै उनको राजनीतिक करियरमा सफलताको शुभकामना दिए ।

कार्यक्रमका संयोजकद्धय रिचर्ड गुरुङ र कुमार थापाले छोटो सूचनामा पनि बेलायतभरबाट कार्यक्रममा सहभागी हुने युवाहरुलाई धन्यवाद ज्ञापन गरे ।

त्यसअवसरमा एनआरएनए यूकेका पूर्व सहकोषाध्यक्ष गजेन्द्र गुरुङ र पूर्व कार्यसमिति सदस्यहरु पवन राई र डेबिन थापासंगै फोक्सटन, डोभर, केन्टवरी, आसफोर्ड, साउथ इष्ट लण्डन, लण्डन ह्यारो, अल्डरसट, रेडिङ, क्याम्बर्ली, टिडवर्थ, स्वीण्डन, ननिटनलगायत क्षेत्रबाट युवा सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू