शनिबार, वैशाख ८, २०८१
07:12 | ११:५७

बेलायतमा थप ४९८ संक्रमितको मृत्यु

बेलायत सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये पाँचौं स्थानमा

नेपाली लिङ्क नोभेम्बर २६, २०२०

लन्डन । बेलायतमा पछिलो २४ घन्टामा थप ४९८ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै  बेलायतमा कोरोनाका कारण हालसम्म ५७  हजार ३१ जनाले ज्यान गुमाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

अहिले बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ । मृतक संख्याको आधारमा बेलायत सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये पाँचौं स्थानमा पर्दछ भने युरोपमा अग्रस्थानमा छ ।

अमेरिका, ब्राजिल, भारत, मेक्सिको पछि बेलायत सबैभन्दा बढी मृत्यु हुने मुलुकमा पर्दछ ।

यसैगरी बेलायतमा कोरोना संक्रमित हुनेको संख्या १५ लाख ७४ हजार ५६२ पुगेको छ । स्वास्थ्य विभागले दिएको जानकारी अनुसार बिहीबार साँझ सम्मको तथ्याँक अनुसार २४ घन्टामा थप १७ हजार ५५५ जना नयां संक्रमित थपिएका छन् ।

पछिल्लो  २४ भन्टाभित्र बेलायतका हस्पिटलमा भर्ना हुने कोरोना संक्रमितको संख्या एक हजार ४३२ रहेको स्वास्थ्य विभागले जनाएको छ । अहिले १६ हजार ३४१ जनाको हस्पिटलमा उपचार भैरहेको र एक हजार ४८० जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

हालसम्म कुल दुई लाख ९ हजार ९१८ जना कोरोना संक्रमित हस्पिटल भर्ना भैसकेको सरकारी तथ्याँकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू