शनिबार, वैशाख ८, २०८१
11:26 | १६:११

बेलायती प्रधानमन्त्रीको चेतावनी: नयाँ वर्षमा फेरि लकडाउनको खतरा

नेपाली लिङ्क नोभेम्बर २६, २०२०

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन हटाइएपछि पनि विशेष सतर्कता र सावधानी आवश्यक रहने बताएका छन् ।  

विहीबार सरकारको ‘कोरोना बिफिङ’ मा प्रधानमन्त्रीले लकडाउन खुलेलगत्तै कार्यान्वयन गरिने प्रतिवन्धहरु पालनाका लागि बेलायती जनतालाई अपील गरे ।  

कोरोना संक्रमण अझै पनि तीव्र दरमा फैलिरहेको अवस्थाप्रति सर्वसाधारणलाई सचेत गराउँदै उनले आवश्यक सतर्कता अपनाउन नसकिए फेरि अर्को लकडाउनको सामना गर्नुपर्ने खतरा औंल्याए ।  

‘यदि समयमै होशियार रहन सकेनौँ भने हामीले भाइरसमाथिको हाम्रो नियन्त्रण फेरि गुमाउने छौं । आजसम्म हामीले मेहनत गरेर हासिल गरेको उपलब्धि सबै खेर जानेछ । र नयाँ वर्षको बेला हामी फेरि अर्को देशव्यापी लकडाउनमा जान बाध्य हुनेछौं’, प्रधानमन्त्रीले चेतावनीको स्वरमा भनेका छन्    

सरकारले गत सोमबार सार्वजनिक गरेको ‘कोभिड विन्टर प्लान’ ले तय गरेका प्रतिवन्धहरुको पालना नै तेस्रो लकडाउनबाट मुक्ति पाउने एक मात्र उपाय रहेको प्रधानमन्त्री जोन्सनको दावी छ ।  

संक्रमण घट्दै जाँदा प्रतिवन्धहरु खुकुलो पारिने जनाउँदै उनले धैर्य र लगानीको फल मिठो हुन्छ भने ।  

‘एउटा कुरा सम्झिनैपर्ने के छ भने अबको केही महिनामै हामीसँग कोभिड भ्याक्सिन उपलब्ध हुनेछ । म सांच्चिकै आशावादी छु’, उनले थपे, ‘अप्रिलसम्ममा अवस्था धेरै-धेरै राम्रो भइसक्नेछ ।’

यसअघि सरकारले इङ्ल्यान्डमा लागू लकडाउन आउंदो डिसेम्बर २ देखि खोल्ने र संक्रमणका आधारमा क्षेत्रीय रुपमा फरक-फरक तहका प्रतिवन्धहरु लगाउने घोषणा गरेको छ ।

यो पनि पढौं : इंग्ल्याण्डका कुन क्षेत्रमा कस्ता प्रतिवन्ध लागू हुँदै ?

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू