शुक्रबार, चैत १६, २०८०
01:25 | ०७:१०

जन्माउन नपाउँदै सन्तान गुमाउनुपर्दाको पीडा असह्य: ह्यारीपत्नी मेगन

नेपाली लिङ्क नोभेम्बर २५, २०२०

लण्डन । बेलायती राजकुमार हयारीपत्नी मेगन मर्कलले जन्माउन नपाउँदै सन्तान गुमाउँदाको आफ्नो पीडा सार्वजनिक गरेकी छन् ।  

न्यूयोर्क टाइम्समा प्रकाशित एक लेखमा मेगनले गत जुलाई महिनामा आफ्नो ‘मिस क्यारिएज’ भएर गर्भमै सन्तान गुमाउनुपरेको खुलासा गरेकी छन् ।  

एक छोराकी आमा मेगनले दोस्रो सन्तान जन्मिनुपूर्व नै गुमाउनुपर्दा आफू र पति ह्यारी विक्षिप्त बनेको उल्लेख गरेकी छन् । आफूहरुमथिको यो पीडालाई उनले ‘असह्य’ भनेकी छन्   

‘मेरो टुक्रिएको मुटलाई जोड्ने कोशिश् गर्दागर्दै मेरो श्रीमानको आफ्नै मुटु टुक्रा परेको दृष्‍य हेर्नुपर्दा मलाई धेरै पीडा भयो’, मेगनले भनेकी छन् ।  

त्यस क्रममा आफू अस्पताल बस्नु परेको र अस्पतालको बेडबाटै पति ह्यारीको हात समातेको तथा आफूहरु दुवैजना निकै रोएको प्रसंग उनले लेखमा वर्णन गरेकी छन् । 

छोरा आर्चीलाई अंगालोमा राख्दै गर्दा जन्मिन नपाइ बिदा भएको दोस्रो सन्तानको सम्झनाले आफूलाई सताएको उनले बताएकी छन् ।  

अमेरिकाको ‘थ्यांक्स गिभिङ’ पब्लिक होलिडेको सन्दर्भमा प्रकाशित लेखमा मेगनले सन् २०२० आफूहरुको लागि पीडा र वियोगको वर्ष बनेको उल्लेख गरेकी छन्   

बेलायती राजपरिवारको सदस्यका रुपमा आफ्नो जिम्मेवारीबाट अलग भएपछि मेगन र ह्यारी गत वर्षदेखि छोरा आर्चीसँगै क्यानडामा बस्दै आएका छन् । उनीहरुको राजदरबारसँगको सम्बन्ध सुमधुर नरहेका खबर बारम्बार मिडियामा आउने गरेका छन् ।

सन् २०१८ को मे महिनामा वैवाहिक बन्धनमा बांधिएका उनीहरुको पहिलो सन्तान आर्ची गत वर्ष मे महिनामा जन्मिएका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू