बिहीबार, चैत १५, २०८०
09:40 | १५:२५

बेलायतमा नेपाली चलचित्र प्रवर्धन गर्दै रोमियन

नेपाली लिङ्क नोभेम्बर २२, २०२०

रोमियन लिम्बु

लन्डन । फिल्म निर्माण, अभिनय र नेपाली कलाकारलाई निकै सम्मान गर्ने रोमियन लिम्बुको अर्को ‘प्यासन’ पनि छ- बेलायतमा नेपाली चलचित्र प्रवर्धन । आफ्नो यही उद्देश्य पुरा गर्न गत वर्ष रोमियनले नेपाल चलचित्र कलाकार संघको बेलायत शाखा गठन गरिन् । शाखाले केही गतिविधि शुरु गरेको थियो तर दुर्भाग्यवश कोभिड महामारी वाधक बनिदियो । तर हरेश खाएकी छैनन् रोमियन । ‘मेरो आफ्नो सीप, दृढ संकल्प र लगाव नेपाली चलचित्रको विकास र प्रवर्धनमा लगाउने छु’, उनले भनिन् ।

रोमियनको आफ्नै अध्यक्षतामा गठित उक्त शाखाले यस सप्ताहन्त पहिलो वार्षिकोत्सव मनाएको छ । नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रविन्द्र खड्काको प्रमुख आतिथ्यमा जुममार्फत पहिलो वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष खड्काले बेलायतमा नेपाली चलचित्र प्रवर्धनमा शाखा र विशेष गरि अध्यक्ष रोमियन लिम्बु केसीको सक्रियताको प्रशंसा गर्दै वधाई तथा शुभकामना दिए । खड्काले रोमियनको कार्यकालमा चलचित्र सम्बन्धि गतिविधि अझ तीव्र हुने आशा पनि व्यक्त गरे ।

नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रविन्द्र खड्काका साथ रोमियन ।

कार्यक्रममा अध्यक्ष रोमियन लिम्बुले कोभिड महामारीको विषम परिस्थितिले धेरै काम गर्न नपाएपनि जति भएको छ, त्यसको देन समस्त कार्यसमितिलाई जाने उल्लेख गर्दै आभार व्यक्त गरिन् । उनले भविष्यमा नेपाली चलचित्रको प्रचार प्रसार तथा कलाकारहरुको हकहितका लागि केही प्रोजेक्ट गर्ने प्रतिवद्धता पनि व्यक्त गरेकी थिइन् ।

लिम्बुले बेलायतमा रहेका अग्रज तथा ‘न्यू कमर’ कलाकारहरुसंग हातेमालो गर्न आफ्नो संस्था तयार रहेको बताउंदै एकजुट हुन आव्हान गरिन् । उनले लन्डनस्थित नेपाली दूतावासले हालै चलचित्र महोत्सवका नाममा दूतावासको चाकडी गर्ने सिमित कलाकार बोलाएर महोत्सव गरेको भन्दै खेद समेत प्रकट गरेकी छन् ।

शाखाका उपाध्यक्ष सुरेशराज पाठकले सञ्चालन गरेको कार्यक्रममा बेलायत र नेपालका सिनेकर्मी, पत्रकार लगायत अन्य अभियन्ताहरुको सहभागिता थियो । कार्यक्रमका वक्ताहरुले शाखाको वार्षिकोत्सव शुभकामना तथा वधाइ दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू