शुक्रबार, वैशाख ७, २०८१
03:14 | ०७:५९

नेपालमा एक हजार ६६९ जना संक्रमित, थप १६ को मृत्यु  

दुई लाख २० हजार ३०८ जना संक्रमित

रासस नोभेम्बर २२, २०२०

काठमाडौँ  । पछिल्लो २४ घण्टामा थप एक हजार ६६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ३२ जनाको नमूना परीक्षण गर्दा थप एक हजार ६६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका हुन् । थपिएका कूल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै ९५७ जना छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख २० हजार ३०८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पाँच हजार ६९९ छ । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक लाख ९९ हजार २४ रहेको छ । देशैभरी जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ९६३ रहेको मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेशनमा ६ हजार ३५१ र होम आइसोलेशनमा १३ हजार ६१२ जना रहेका छन् । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा आज प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा काठमाडौँमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जना रहेको जानकारी दिए ।

प्रवक्ता डा गौतमले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने निको हुनेको सङ्ख्या एक लाख ९९ हजार २४ जना छन् ।

विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच करोड ८५ लाख ४८ हजार ३ जना पुगेको छ भने निको हुनेको सङ्ख्या चार करोड पाँच लाख १३ हजार १७ जना छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू