शुक्रबार, वैशाख ७, २०८१
16:13 | २०:५८

लण्डन छाडेर कलाकार बन्न नेपालमा

प्रियना डान्सिङ वीथ द स्टार्सको टप ६ मा

नेपाली लिङ्क नोभेम्बर २२, २०२०

लण्डन। उनका लागि सानैदेखि रुचीको विषय थियो नाच । स्कुलतिर नाच्न भनेपछि अगाडि सरिहाल्ने ।लण्डन रहंदा विभिन्न स्टेजमा डान्स परफर्म गरेकी प्रियना आचार्यलाई कलाकारिताको ‘प्यासन’ ले सताइरह्यो । उनको लगावलाई बेलायतको पिआरले पनि छेकेन ।

र, नेपाल फर्किएर कलाकारितामा लाग्ने निर्णय गरिन् । ‘पढ्दा पढ्दै मम्मी म नेपाल गएर कलाकारितामा केही गर्छु भनि’, लण्डनस्थित क्वालिफाइड नर्स आमा रेखा खरेल भन्छिन्, ‘२ वर्षअघि नेपाल फर्किएपछि माइली छोरीले धेरै फड्को मारेकामा हामीलाई गौरव छ ।’

चितवनमा जन्मिएकी ‘मिस टिन टुरिजम ०१८’ प्रियना अहिले २० वर्षकी भइन् । तर, कलाकारितामा उनको चर्चा स्थापित परिपक्व कलाकारकै हैसियतमा बढेको छ ।

‘नाइ नभन्नु ल’, ‘निगरानी’ र ‘मनमनै मन पराएं’ नामका तीनवटा नेपाली सिनेमामा बालकलाकारको भूमिका पनि गरेकी उनले नेपाल गएर करिब आधा दर्जन म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् । रंगमञ्चलाई एकसाथ लगेकी छन् उनले । उनको फूलटाइम समर्पण कलाकारितामै छ अहिले ।

हरेक हप्ता नेपाल टेलिभिजनवाट प्रशारित हुने हांस्य श्रृंखला ‘भद्रगोल’ (अचेल सक्किगोनी) मा ‘मुन्नी’ पात्र बनेकी प्रियना दर्शकका लागि छोटो समयमै परिचित अनुहार बन्यो । फिचर फिल्मको अफर आएपनि कोभिड १९ का कारण प्रोजेक्ट स्थगित भएको प्रियना बताउंछिन् ।

प्रियना अहिले हिमालयन टिभीबाट प्रत्येक साता प्रसारण हुने ‘डान्सिङ वीथ द स्टार्स’ को टप ६ मा पुग्न सफल भएकी छन् । वाइल्ड कार्डबाट इन्ट्री गरेकी उनलाई अब जनमतको अत्यन्त जरुरी छ । प्रियनाले आफूलाई भोट दिएर सघाउन अपिल गरेकी छन् । हाल लण्डनमै रहेकी आमा रेखा पनि बेलायतको नेपाली समुदायबाट आशावादी छन् ।

भोटिङ प्रकृया यस्तो छ:
आइएमइ पे एप्स डाउनलोड गरेर
EVENT section मा जानुस् अनि Dancing with the stars Nepal मा click गर्नुस् ।
प्रियनाको भोटिङ कोड १२ छ
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू