आइतबार, जेठ ६, २०८१
13:55 | १८:४०

बेलायतमा सबैभन्दा बढी संक्रमण सुपर मार्केटबाट

सबै भन्दा कम संक्रमण रेष्टुरेन्ट र क्याफे

नेपाली लिङ्क नोभेम्बर १९, २०२०

लन्डन । बेलायतमा कोरोना संक्रमण फैलिने सबैभन्दा मुख्य स्थान सुपरमार्केट भएको पाइएको छ । हालै गरिएको एक अध्ययनमा सो तथ्य उल्लेख छ ।

लकडाउनको समयमा पनि प्रायजसो सुपरमार्केटहरु खुल्ला रहने र मानिसहरुको भीड बढी हुने भएकाले सुपरमार्केटबाट कोरोना संक्रमण फैलिने सम्भावना बढी भएको हो । एनएचएसको टेष्ट एण्ड ट्रेस एप्लिकेशनको आधारमा पब्लिक हेल्थ इंग्ल्याण्डले उक्त कुराको विश्लेषण गरेको जनाइएको छ ।

यसैगरी कोरोना संक्रमण फैलिने दोस्रो स्थानको रुपमा सेकेण्डरी स्कुल रहेको अध्ययनले देखाएको छ । त्यस्तै प्राइमरी स्कुल र हस्पिटल तथा केयर होम कोरोना संक्रमणको हिसाबले जोखिम रहेको बताइएको छ । पछिल्लो समयमा कोरोना पोजिटिभ देखिएका १८.३ प्रतिशत मानिसहरुले सुपरमार्केट गएको बताएका थिए ।

पब्लिक हेल्थ इंग्ल्याण्डले सार्वजनिक गरेको पछिल्लो तथ्याँकअनुसार सबैभन्दा बढी संक्रमण फैलिने स्थान सुपरमार्केट हो भने सबै भन्दा कममा रेष्टुरेन्ट र क्याफे पर्दछन् । रेष्टुरेन्ट तथा क्याफेबाट १ प्रतिशतमात्र संक्रमण फैलिएको पुष्टि भएको छ । हाल इंग्ल्याण्डमा राष्ट्रव्यापी लकडाउन घोषणा भएपश्चात टेकअवे बाहेकका  हस्स्पिटालिटी क्षेत्र पूर्ण रुपमा बन्द छन् ।

यसैगरी दोस्रो बढी संक्रमण फैलिने भनिएको सेकेण्डरी स्कुलमा १२.७ प्रतिशत र प्राइमरी स्कुलमा १०.१ प्रतिशत संक्रमण फैलिएको तथ्यांकले देखाएको छ ।

त्यस्तै हस्पिटलमा १०.१ प्रतिशत, केयर होममा २.८ प्रतिशत, कलेजमा २.४ प्रतिशत, वेयरहाउसमा २.२ प्रतिशत, नर्सरी तथा प्रिस्कुलमा १.८ प्रतिशत, पब तथा बारमा १.६ प्रतिशत, हस्पिटालिटीमा १.५ प्रतिशत, युनिभर्सिटीमा १.४ प्रतिशत, जीपी तथा जिममा १.१ प्रतिशतले संक्रमण फैलिएको अध्ययनमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू