शनिबार, साउन १२, २०८१
06:45 | ११:३०

कोरोना भाइरसबाट विश्वमा १२ लाख ९४ हजार बढीको मृत्यु

रासस/एएफपी नोभेम्बर १३, २०२०

कोभिड संक्रमणपछि उपचाररत आफन्तबारे स्वास्थ्यकर्मीसंग जानकारी लिंदै इटालीको नेपल्सका स्थानीय । तस्बिर- एपी

पेरिस २८ कात्तिक– कोरोना भाइरसबाट हालसम्म १२ लाख ९४ हजार ५३९ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले शुक्रबार जनाएको छ ।

गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ५ करोड २७ लाख ७५ हजार ८४० व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ४० लाख ३३ हजार १०० व्यक्ति कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट बिहीबार एकै दिन विश्वभर ९ हजार ९२१ जनाको मृत्यु भएको छ । छ लाख ८ हजार ६२५ जना नयाँ संक्रमित थपिएका छन् । एएफपीले दिएको पछिल्लो तथ्याङ्ककाअनुसार सबैभन्दा बढी मृत्यु हुने देशहरूमा संयुक्त राज्य अमेरिकामा १ हजार ५१२ र दोस्रो ब्राजिलमा ९०८ जना छन् ।

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो जहाँ कोरोना भाइरसबाट २ लाख ४२ हजार ४३५ जनको मृत्यु भएको छ । अमोरिकामा १ करोड ५ लाख ५५ हजार ४६९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । अमेरिकामा कम्तीमा ४० लाख ५१ हजार २५६ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ६४ हजार २८१ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५७ लाख ८१ हजार ५८२ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २८ हजार ६६८ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८७ लाख २८ हजार ७९५ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

मेक्सिकोमा यस भाइरसका कारण ९७ हजार ५६ जनाको मृत्यु भएको छ भने ९ लाख ९१ हजार ८३५ जना सङ्क्रमित भएका छन् । संयुक्त अधिराज्यमा ५० हजार ९२८ जनाको मृत्यु भएको छ भने १२ लाख ९० हजार १९५ जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू