आइतबार, २९ नोभेम्बर, २०२६
हुथी विद्रोहीको आक्रमण बढेपछि साउदी अरबमा पाकिस्तानी सेना

रासस/एपी
नोभेम्बर २९, २०२६

इस्लामाबाद, मङ्सिर १३ गते । यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
पाकिस्तानी सेनाले आइतबार विज्ञप्ति जारी गर्दै विद्यमान रक्षा सहकार्य सम्झौताअनुसार साउदी अरबको भूमिभित्र रहेर सैनिकले जिम्मेवारी निर्वाह गर्ने जनाएको छ । तर, सैनिकको सङ्ख्या, तैनाथीको अवधि र कार्यक्षेत्रबारे खुलाइएको छैन् ।
साउदी अरब र पाकिस्तानले टर्कीसँगै गत अगस्ट ७ मा मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार कुनै एक सदस्य राष्ट्रमाथि आक्रमण भए तीनवटै राष्ट्रमाथि आक्रमण भएको मानिनेछ । तीन देशले उक्त सम्झौता कुनै विशेष मुलुकविरुद्ध लक्षित नरहेको स्पष्ट पार्दै आएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५



