बुधबार, वैशाख १२, २०८१
00:04 | ०४:४९

बेलायतको राजदूतमा प्रस्तावित रेग्मीको नाम संसदीय समितिबाट अनुमोदन

नेपाली लिङ्क नोभेम्बर १२, २०२०

काठमाडौं । बेलायतका लागि नेपाली राजदूतमा प्रस्तावित लोकदर्शन रेग्मीको नाम संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन भएको छ । विहिबार सम्पन्न संसदीय सुनुवाईपछि उनको नाम अनुमोदन भएको हो । 

मन्त्रीपरिषदबाट बेलायतको राजदूतमा सिफारिश रेग्मीको नाममा भएको सुनुवाईका क्रममा संसदीय समितिमा लामो छलफल भएको थियो   

बेलायतका लागि प्रस्तावित रेग्मीसंगै अमेरिकामा प्रस्तावित डा युवराज खतिवडा  र दक्षिण अफ्रिकामा प्रस्तावित डा निर्मलकुमार विश्वकर्माको नाम पनि संसदीय समितिबाट अनुमोदन भएका छन्   

सरकारले गत असोज १६ निवर्तमान मुख्यसचिव रेग्मीलाई बेलायत,  पूर्वअर्थमन्त्री डा. खतिवडालाई अमेरिका र डा. विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिश गरेको थियो ।

संसदीय सुनुवाई समितिका अनुसार बेलायतको राजदूतमा सिफारिश रेग्मीविरुद्ध तोकिएको समयभित्र एउटा मात्रै उजुरी परेको थियो  । तर, उजुरीकर्ता सम्पर्कमा आएका थिएनन् ।

बिहीबार समितिको बैठकमा पनि उजुरीकर्ता नआएपछि समितिले उनको नाम अनुमोदन गरेको हो । 

संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिश र संसदीय सुनुवाई समितिको अनुमोदनपछि राष्ट्रपतिबाट राजदूतहरुको नियुक्ति हुन्छ । तर त्यसअघि सम्बन्धित देशले ‘एग्रिमो पठाउन आवश्यक छ ।  

यो पनि पढौं-

रेग्मीलाई सांसदहरुको प्रश्न : यूकेको राजदूत पाउन मुख्यसचिवबाट राजीनामा ?

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू