शुक्रबार, वैशाख ७, २०८१
14:18 | १९:०३

लन्डनकी नर्स रफी तिहारमा टाढिनुको पीडा बांसुरीमा पोख्दै

नेपाली लिङ्क नोभेम्बर १२, २०२०

लन्डन । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज बिहीबारदेखि शुरु हुंदैछ । जब जब सयपत्री र मखमली फूलले घर ढकमक्क बनाउंछ, तब माइतीको शून्य घर आंगनको सम्झनाले रफी श्रेष्ठलाई खुबै सताउंछ । उनी आफ्नो बांसुरीमार्फत त्यही मनको वह पोख्ने कोशिसमा छिन् ।

पेशाले बेलायतको ‘क्वालिफाइड’ आइसीयू नर्स हुन् उनी । लामो समयदेखि आफैं विदेशी भूमिमा रहेपनि सम्पूर्ण नेपाली चेलीको प्रतिनिधित्व गर्दै बांसुरीको धुनबाट विदेशिएका नेपाली दाजुभाइलाई सप्तरंगी टिकाले निधार र सयपत्री फूलको मालाले गला सजाउन स्वदेशमा फर्किआउन उनले आव्हान गरेकी छन् ।

विश्वलाई नै स्तव्ध पार्ने गरि कोरोना महामारी फैलिएको बेला नर्सका रुपमा ‘फ्रण्टलाइन’ मा बसेर काम गरेपछिको थकान मेट्न अनि सुःख दुःख सांट्ने सच्चा मित्रको रुपमा लिन्छिन् उनी आफ्नो बांसुरीलाई ।

फूर्सदको बेला गीत संगीतमा रमाउने रफी तिहारमा आफ्नो दाजुभाइ र माइतीबाट टाढा हुनुपर्दा एक चेलीले महशुस गर्ने भावनाले भरिएको मर्मस्पर्शी गीत आफ्नो बांसुरीको धुनमा यसरी प्रस्तुत गर्छिन् ।

सुनौं धुनः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू