बुधबार, वैशाख १२, २०८१
17:47 | २२:३२

पेरुका राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित

नेपाली लिङ्क नोभेम्बर १०, २०२०

पेरु । पेरुमा राष्ट्रपति मार्टिन भिजकारालाई सन् २०१४ मा क्षेत्रीय प्रशासक रहेको समय घुस लिएको आरोपमा गरिएको महाभियोग प्रस्तावको पक्षमा संसद उभिएको छ ।

करिब आठ घण्टा चलेको महाभियोगको सुनुवाईपछि राष्ट्रपतिलाई हटाउने प्रस्तावमा १०५ र विपक्षमा १९ मत परेको हो । महाभियोग प्रस्ताव पास हुनका लागि संसदका ८७ सदस्यले उनको विपक्षमा मतदान गरे पुग्नेमा योभन्दा निकै धेरै १०५ मत परेको हो ।

त्यसैगरी संसदले गणतान्त्रिक पेरुको राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित भएपछि उक्त स्थान खाली भएको जानकारी गराएको छ ।

यसैबीच, भिजकाराले राष्ट्रपतिको कार्यालय छोड्नुपूर्व शिर ठाडो गर्दै आफ्ना समर्थकबीच उभिएका थिए । आफूले संसदको निर्णयलाई चुनौती दिन कानुनी बाटो नखोज्ने घोषणा गरे । उनका समर्थकहरूले राजधानी लिमा र अन्य मुख्य शहरमा उनको पक्षमा नाराबाजी गरेका थिए ।

उनले भने, ‘मैले सरकारबाट दुई वर्ष आठ महिनापछि छोड्दैछु ।’ यसपछि आफू तत्काल आफ्नो निजी निवासमा जाने उनले बताए  ।

‘गणतन्त्रको राष्ट्रपति पद रिक्त रहेको घोषणा गर्ने प्रस्तावलाई अनुमोदन गरिसकेको छ,’ संसद सदस्य मानुयल मेरिनोले बताए ।  

‘म स्पष्ट विवेकको साथ छोड्दै छु र मेरो कर्तव्य पूरा गरिसकें,’ भिजकाराले भने । आफ्नो ३२ महिनाको कार्यकालमा आफूले निकै लोकप्रियता पाएको उनको दावी थियो ।

पेरूमा सन् २०२१ को अप्रिलमा आम निर्वाचनका साथै राष्ट्रपतीय निर्वाचन हुने बताइएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू