शुक्रबार, २५ सेप्टेम्बर, २०२६
20:52 | ०१:३७

गणेशमानको स्मृतिमा ज्येष्ठ नागरिक निःशुल्क उपचार कोष स्थापना

रासस नोभेम्बर १०, २०२०

काठमाडौं । विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्तीका अवसरमा ज्येष्ठ नागरिक निःशुल्क उपचार कोष स्थापना गरिएको छ । ललितपुर महानगरपालिका–१५ महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले मंगलबार कोष स्थापनाको घोषणा गरेको हो । 

कोष स्थापनाको शुभारम्भ गर्दै  पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आफूले एक महिनाको तलब त्यसमा राख्ने घोषणा गरे । 

नेपाली काँग्रेस नेता एवम् गणेशमानपुत्र सिंहले गणेशमान ज्येष्ठ नागरिकलाई राज्यले निःशुल्क स्वास्थ्यलगायत सेवा दिनुपर्ने पक्षमा रहेकाले अस्पतालले यो सेवा शुरु गर्दा सर्वोच्च नेताप्रति सच्चा श्रद्धासुमन हुने बताए  ।

हस्पिटलका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले छोराछोरी विदेश वा स्वदेशमै रहेपनि बाबुआमाभन्दा टाढा रहनेका लागि निःशुल्क उपचार कोषले सहयोग गर्ने बताए  । 

ज्येष्ठ नागरिकका लागि अस्पतालले छिट्टै आयुर्वेद स्वास्थ्य सेवासमेत उपलब्ध गराउने तयारी भइरहेको पनि उनले जानकारी दिए  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू