शुक्रबार, वैशाख १४, २०८१
00:28 | ०५:१३

ध्रुव र शेलिनको म्यूजिक भिडियो ‘अर्काको देशमा’ सार्वजनिक

नेपाली लिङ्क नोभेम्बर ९, २०२०

लण्डन । ‘अर्काको देशमा आँशु छन् आँखामा, हुंदैनन् आफन्त’…

परदेशको भूमिमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्दै गायक सुलभ लोहनीले ‘अर्काको देशमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

आफ्नो मातृभूमि, परिवार, आफन्त तथा ईष्टमित्रको सम्झनाले पिरोल्लिएको परदेशी मनको पीडालाई गीतमार्फत मर्मस्पर्शी ढंगले प्रस्तुत गर्न खोजिएको छ । गायक लोहनीकै संगीत अनि मीन बानियाँको शब्द रहेको गीतको संगीत संयोजन चांद सिंहले गरेका हुन् ।

गीतको म्यूजिक भिडियोमा बेलायत बस्दै आएका अभिनेता ध्रुव दत्तका साथमा विदेशी कलाकार शेलिन हेन्डरसनको अभिनय छ । ईश्वर  थापा र मिन बानियाँको विशेष सहयोगमा निर्माण भएको भिडियोमा अम्बर गुरुङको निर्देशन, छाँयाकन तथा सम्पादन छ ।

म्यूजिक भिडियो गायक सुलभ लोहनीकै अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

‘अर्काको देशमा’ म्यूजिक भिडियो हेर्नुहोस्-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू