बुधबार, जेठ २, २०८१
01:48 | ०६:३३

चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो

रासस/सिन्ह्वा नोभेम्बर ७, २०२०


बेइजिङ २२ कात्तिक– यस वर्ष चीनको वैदेशिक व्यापार बढेको यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । गतवर्षको तुलनामा यसवर्ष चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले बृद्धि भएको भन्सार प्रशासनले जनाएको हो ।

अघिल्लो वर्षको तुलनामा यसवर्षको अक्टोबरमा चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले बृद्धि आएको देखिएको छ ।

त्यसैगरी चीनको निर्यात बजारमा पनि बृद्धि भएको समाचारमा जनाइएको छ । गत वर्षको तुलनामा यसै वर्ष चीनको निर्यातमा ७.६ प्रतिशले बृद्धि भएको देखिएको हो । त्यस्तै सोही अवधिमा चीनको आयात भने ०.९ प्रतिशतले मात्र बढेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू