• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
शनिबार, १२ जुलाइ, २०२५
03:26 | ०८:११

कोरोनाबाट विश्वमा १२ लाख ३५ हजारभन्दा बढीको मृत्यु

रासस-एएफपी नोभेम्बर ६, २०२०

पेरिस, २१ कात्तिक– चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ३५ हजार १४८ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले शुक्रबार अपराह्न जानकारी दिएको छ ।
गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ८७ लाख ७ हजार ७८० व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड १९ लाख ४५ हजार ५५० व्यक्ति कोरोना मुक्त भएका पनि एएफपी समाचार समितिले दिएको पछिल्लो अपडेटमा जानकारी दिएको छ । कोरोना भाइरसको संक्रमणबाट बिहीबार एकै दिनमा विश्वभरी ८ हजार ८७५ जनाको मृत्यु भएको छ । छ लाख ८ हजार ८६९ जना नयाँ संक्रमित थपिएका छन् ।
एएफपीले लिएको पछिल्लो तथ्याङ्ककाअनुसार सबैभन्दा बढी मृत्यु हुने देशहरूमा संयुक्त राज्य अमेरिका, दोस्रोमा भारत र तेस्रोमा र ब्राजिल रहेका छन् । अमेरिकामा बिहीबार एकै दिनमा १ हजार २२६ जनाको मृत्यु भएको छ भने भारतमा ६७० र ब्राजिलका ६३० को मृत्यु भ्एको छ । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३४ हजार ९४४ को मृत्यु भएको छ । अमेरिकामा ९६ लाख १० हजार ९६७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । अमेरिकापछि ब्राजिलमा १ लाख ६१ हजार ७३६ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५६ लाख १२ हजार ३१९ कोरोना भाइरस सङ्क्रमित रहेका छन् ।
भारतमा १ लाख २४ हजार ९८५ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८४ लाख ११ हजार ७२४ कोरोना भाइरस सङ्क्रमित भएका छन् । मेक्सिकोमा यस भाइरसका कारण ९३ हजार ७७२ जनाको मृत्यु भएको छ भने ९ लाख ४९ हजार १९७ जना सङ्क्रमित भएका छन् । संयुक्त अधिराज्यमा ४८ हजार १२० जनाको मृत्यु भएको छ भने ११ लाख २३ हजार १९७ जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।
चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो । ल्याटिन अमेरिका र क्यारिबेनमा ४ लाख ८ हजार ७३५ जनाको मृत्यु भएको छ भने १ करोड १४ लाख ८६ हजार ८९६ संक्रमित रहेका छन् । युरोपमा २ लाख ९७ हजार ७५७ जनाको मृत्यु भएको छ भने १ करोड १९ लाख २१ हजार ३५५ जना संक्रमित भएका छन् । एसियामा कोरोना भाइरसबाट १ लाख ७४ हजार ९४५ जनाको मृत्यु भएको छ भने १ करोड ८ लाख ७९ हजार ३०० कोरोना भाइरस संक्रमित भएका छन् ।
मध्यपूर्वमा यस भाइरसबाट ६३ हजार २०७ जनाको मृत्यु भएको छ भने २६ लाख ८४ हजार २०३ जना संक्रमित भएका छन् । अफ्रिकामा ४४ हजार २३८ जनाको मृत्यु भएको छ भने १८ लाख ४४ हजार ३८४ जना संक्रमित भएका छन् । ओसियानामा ९४१ जनाको मृत्यु भएको छ भने २९ हजार ८९७ जना संक्रिमित भएका छन् ।
एएफपीले विश्व स्वास्थ्य संगठनको स्रोतबाट बाहिर ल्याएको यस तथ्याङ्कमा सम्भवतः संक्रमणको वास्तविक संख्याको केही अंश मात्र देखाएको एएफपीले जानकारी दिएको छ । धेरै देशहरूले केवल लक्षण वा गम्भीर प्रकारको बिरामीको मात्र परीक्षण गरिरहेका जनाइएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

४३ देशमा मानव बेचबिखनका एक हजार १९४ पीडितको उद्धार

७ घन्टा अगाडि

हसिनालाई मानवता विरुद्धको अपराधमा मुद्दा

२० घन्टा अगाडि

ईयूको ५० करोड युरो जरिवानाविरुद्ध एप्पलद्वारा अपिल दायर

जुलाइ ७, २०२५

हाम्रो सिफारिस

बेलायत आप्रवासीप्रति थप कठोर, वर्क परमिट लिन २२ जुलाईबाट झन् कडाइ

जुलाइ ७, २०२५

लन्डनमा स्वर्णिम: ठूला दलले समाप्त पार्न खोज्दा रास्वपा झन् बलियो बन्दैछ (भिडियो)

अप्रिल २८, २०२५

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)

मार्च १५, २०२५
ताजा अपडेट्स
  • ४३ देशमा मानव बेचबिखनका एक हजार १९४ पीडितको उद्धार
  • अल्डरसटमा एकैदिन प्रदर्शन हुंदै ‘एयर अफ दी बर्ड’ र ‘सुपर मोङ्क’
  • विशेष कार्यक्रमसहित आइतबार समापन हुंदै आठौं पिपल नेपालकप क्रिकेट
  • एनआरएनए यूके उपाध्यक्ष, महासचिव हुँदै नेतृत्व लिन कस्सिएका खरेलसँग यस्तो छ रोडम्याप (भिडियो)
  • एनआरएनए सदस्यताका लागि ६८ हजार ६५१ जनाको आवेदन स्वीकृत
ट्रेन्डिङ
  • १
    एनआरएनए यूके अध्यक्षमा गोविन्द खरेलको दावेदारी
  • २
    एनआरएनए स्कटल्यान्ड अध्यक्षमा सचिव रामप्रसाद कंडेल उम्मेदवार
  • ३
    एनआरएनए इंग्ल्यान्डमा इतिहास रच्ने अठोटसहित अहिल्याले गरिन् अध्यक्ष उम्मेदवारी घोषणा
  • ४
    बेलायत आप्रवासीप्रति थप कठोर, वर्क परमिट लिन २२ जुलाईबाट झन् कडाइ
  • ५
    बेलायतमा लागूऔषध कारोबारमा एक नेपालीलाई दुई वर्ष जेल सजाय

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.