बिहीबार, चैत १५, २०८०
12:44 | १८:२९

चीनको कोइला खानी दुर्घटनामा आठ वेपत्ता

रासस-सिन्ह्वा नोभेम्बर ४, २०२०

सिआन, चीन । १९ कात्तिक– चीनको उत्तरपश्चिमी प्रान्त शान्सीमा अवस्थित एक कोइला खानीमा बुधबार भएको ग्यास विस्फोटमा परी आठ व्यक्ति वेपत्ता भएका समाचार प्राप्त भएको छ ।

स्थानीय समयानुसार बुधबार अपराह्न १ बजे दुर्घटना भएको यस अवस्थामा ४२ कामदार कार्यरत रहेका आकस्मिक उद्धार सेवा समूहले जानकारी दिएको छ । दुर्घटनाको समयमा खानीमा काम गरिरहेका ३४ कामदारलाई सुरक्षित उद्धार गरिएको पनि सो समूहले जानकारी दिएको छ ।

वेपत्ता व्यक्तिहरुको खोजी र उद्धारकार्य जारी रहेको सो स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू