बुधबार, चैत ५, २०८१
नेपालमा २४ घन्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु
थप ३ हजार ३०९ जनामा संक्रमण पुष्टि


नेपाली लिङ्क
नोभेम्बर ४, २०२०
काठमान्डौ । नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा मात्र थप ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या एक हजार ३४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ३ हजार ३०९ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये काठमाडौंमा एक हजार ५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ जना गरी उपत्यकामा मात्र एक हजार ८७८ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ जना पुगेको छ । संक्रमितमध्ये एक लाख ४४ हजार ९७८ जना कोरोना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५