बिहीबार, चैत १५, २०८०
08:35 | १४:२०

अमेरिकाको राष्ट्रपति निर्वाचनमा बाइडेनको अग्रता

नेपाली लिङ्क नोभेम्बर ४, २०२०

अमेरिकाको राष्ट्रपति निर्वाचनको अहिलेसम्म आएको मत परिणाम अनुसार डेमोक्र्याटिक पार्टीका उमेद्वार जो बाइडेनले २३८ इलेक्टोलर मत जीतेका छन् । तेस्तै रिपब्लिकन पार्टीका उमेद्वार राष्ट्रपति डोनल्ड ट्रम्प २१३ सीटका साथ पछिपछि छन् । राष्ट्रपति चुनावमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् ।

जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ । यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ ।

जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ । कोरोना भाइरसका कारण यस वर्ष हुलाकमार्फत भोट खसाल्ने मतदाताहरुको संख्या ठूलो देखिएको छ, उनीहरुले निर्वाचन मितिभन्दा केही दिनअघि नै भोट खसालेका थिए ।

यद्यपी, निर्वाचन सकिएपछि मात्रै उनीहरुको मतगणना हुन्छ । उनीहरुको मतगणना गर्न समय लागेकाले केही राज्यको अन्तिम मतपरिणाम आउन पनि ढिलाई भएको हो । ती मतदाताको प्रभाव निर्वाचनमा ठूलो पर्नसक्ने ठानिएको छ ।

अमेरिकमा दुई पार्टीको  मात्र अस्तित्व  देखिए पनि अन्य पार्टीहरु लिव्रेसन, ग्रीन र कन्टीच्यूसन पार्टी  अमेरिकाको स्थापनादेखि नै  अस्तित्वविहिन रहँदै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू