शुक्रबार, चैत १६, २०८०
00:47 | ०६:३२

भियना आक्रमणमा पाँचको मृत्यु, १५ गम्भीर घाइते   

रासस/सिन्ह्वा) नोभेम्बर ३, २०२०


भियना । अष्ट्रियाको राजधानी भियनामा स्थानीय समय अनुसार सोमबार भएका विभिन्न आतङ्कवादी आक्रमणमा पाँचको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ । उक्त घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएको बताइएको छ ।

विभिन्न स्थानमा भएका आतङ्ककारी हमलामा ईस्लामिक समूहले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानपछि भियनाको प्रहरीले ट्वीटरमार्फत् उल्लेख गरेको छ ।आतङ्ककारी आक्रमणपछि प्रहरीले गरेको प्रतिरोधका क्रममा कम्तीमा एक आक्रमणकारीको मृत्यु भएको छ ।

आक्रमणकारीले शरीरमा राखेको भनिएको ‘आत्मघाती विष्फोटक पदार्थ’ नक्कली भएको प्रहरीले पुष्टि गरेको छ ।प्रहरीले आक्रमणकारीको घरसहित अन्य सम्लग्न मतियारहरूको आक्रमणका समय खिचिएको भिडियोका आधारमा खोजी गरिरहेको बताएको छ ।

आक्रमणको विश्वव्यापीरूपमा निन्दा भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू