शुक्रबार, चैत १६, २०८०
00:56 | ०६:४१

हिंसात्मक झडपमा १७५ को मृत्यु

रासस-एएनआई नोभेम्बर २, २०२०


काबुल, १७ कात्तिक– अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरुको मृत्यु भएको छ । देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिवान विद्रोहीका कमाण्डर समेत रहेको जनाइएको छ ।

घटनाका बारेमा थप विवरण संकलन हुंदै गरेको पनि अफगानी राष्ट्रिय सुरक्षा निर्देशनालय श्रोतले सोमबार जानकारी दिएको छ ।श्रोतका अनुसार १७५ जनाको मृत्यु भएको हो भने अरु २६ जना घाइते भएका छन् । झडप झण्डै रातभरी भएको पनि श्रोतको दावी छ ।

कान्दहार प्रान्त पछिल्लो समयमा हिंसात्मक घटनाहरुबाट धेरै प्रभावित हुंदै गएको छ । यस क्षेत्रमा सरकारी सुरक्षाकर्मी र विद्रोही तालिवान लडाकूबीच झडप हुने गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू