बिहीबार, वैशाख १३, २०८१
02:45 | ०७:३०

यूकेमा ८० प्रतिशत तलब सरकारले व्यहोर्ने ‘फर्लो स्कीम’ लम्बियो

नेपाली लिङ्क अक्टोबर ३१, २०२०

लन्डन । बेलायत सरकारले इंग्ल्याण्डमा एक महिने लकडाउन घोषणा गरेसंगै ‘फर्लो स्कीम’ पनि लम्ब्याउने भएको छ । शनिबार एक महिने लकडाउन घोषणा गर्ने क्रममा प्रधानमन्त्री बोरिस जोन्सनले नोभेम्बर महिनाभर फर्लो स्कीम पनि कायम राखिने घोषणा गरे ।  

कोभिड १९ महामारीका कारण बन्द र प्रभावित व्यवसायमा कार्यरत कर्मचारीको ८० प्रतिशतसम्म तलब सरकारले नै व्यहोर्ने फर्लो स्कीम अक्टोबरपछि निरन्तर नगर्ने योजना सरकारको थियो ।  

फर्लोको प्रतिस्थापन गर्न अर्थमन्त्री ॠषि सुनाकले नोभेम्बरदेखि लागू हुने गरी ‘जब सपोर्ट स्कीम’ घोषणा गरिसकेका थिए । जुन स्कीममार्फत सरकारले कोभिडसम्बन्धी प्रतिवन्धका कारण बन्द कम्पनीका कामदारको दुई तिहाई तलब व्यहोर्ने बताएको थियो ।

तर नोभेम्बर ५ देखि डिसेम्बर २ सम्मको लागि देशव्यापी लकडाउन घोषणासंगै फर्लो स्कीम पनि लम्ब्याइने भएपछि लकडाउनले बन्द हुने हजारौं कम्पनीका लाखौं कामदारले थप राहत पाउने भएका छन् ।  

यो पनि पढौं:

इंग्ल्याण्डमा नोभेम्बर ५ देखि एक महिने लकडाउन घोषणा

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू