बिहीबार, वैशाख १३, २०८१
03:06 | ०७:५१

इंग्ल्याण्डमा नोभेम्बर ५ देखि एक महिने लकडाउन घोषणा

नोभेम्बर ५ देखि डिसेम्बर २ सम्म लकडाउन

नेपाली लिङ्क अक्टोबर ३१, २०२०

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन

लन्डन ।  इंग्ल्याण्डमा एक महिने लकडाउन घोषणा भएको छ । 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार अपरान्ह प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आउंदो विहिबार नोभेम्बर ५ देखि लागू हुने गरी लकडाउन घोषणा गरेका छन् । ४ साता लामो लकडाउन डिसेम्बर २ सम्म लागू रहनेछ ।  

यो लकडाउनमा देशव्यापी रुपमा अत्यावश्यकबाहेकका सबै रिटेल पसल बन्द रहनेछन् तर सुपरमार्केटहरु खुला रहनेछन् ।  

सर्वसाधारणलाई ‘स्टे होम’ (घरमै बस्न) र आफ्नो क्षेत्रभन्दा बाहिर यात्रा नगर्न आव्हान गरिनेछ । फरक घरका मानिसहरुसँगको  जमघटमा प्रतिवन्ध लगाइनेछ । अन्य घरको एक जनासम्मलाई आउटडोर (घर बाहिर) भेट्न छुट पाइनेछ ।  

रिक्रियसन सेन्टर, हस्पिटालिटी क्षेत्रका पब, रेष्टुरेन्ट सबै बन्द रहनेछन् तर टेक-अवे, डेलिभरी सेवा खुला राख्न दिइनेछ । स्कुल, कलेज र विश्वविधालय बन्द गराइने छैन् । घरैबाट काम गर्न नमिल्ने अवस्थामा कामका लागि कार्यालय जान सकिनेछ ।

मनोरन्जनस्थल, हेयर ड्रेसर, नेल सलुन, जिम, लुगा तथा विद्युतीय सामग्रीका पसल सबै बन्द हुनेछन् । ‘फर्लो स्किम’ भने नोभेम्बरसम्म बढाइएको छ ।

कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढ्दै गएपछि बेलायतमा दोस्रोपटक लकडाउन घोषणा भएको हो । सरकारले २३ मार्चमा पहिलो लकडाउन घोषणा गरेको थियो । प्रधानमन्त्री जोन्सनले आ-आफ्नो घरमै बसेर एनएचएस र मानिसहरुको ज्यान बचाउन अपिल गरेका छन् ।

यसअघि संक्रमण घट्दै गएपछि जुनदेखि क्रमश: खुकुलो पार्दै लगिएको थियो । तर, पछिल्लो समय संक्रमण फेरि बढ्दै जाँदा क्षेत्रगत रुपमा फरक-फरक तहका प्रतिवन्धहरु लागू गरिएको थियो ।

शनिबार मात्रै बेलायतमा कोभिड संक्रमणको केस १० लाख नाघेको छ । 

बीबीसीले प्राप्त गरेको एक दस्तावेजमा थप प्रतिवन्ध लागू नगरिए यहां अघिल्लोपटक भन्दा बढी मानिसको मृत्यु हुने सुझाइएको थियो । उक्त दस्तावेजमा दैनिक मृत्युदर ४ हजार बढी हुनसक्ने उल्लेख छ ।

बैज्ञानिक सल्लाहकारहरुको समूह सेज ग्रुपले जाडो यामका बेला बेलायतमा कम्तीमा ८५ हजार मानिस मर्न सक्ने अनुमान गरेको छ ।

यो पनि पढौं:

यूकेमा ८० प्रतिशत तलब सरकारले व्यहोर्ने ‘फर्लो स्कीम’ 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू