बिहीबार, वैशाख १३, २०८१
10:12 | १४:५७

हङकङ नेपाली मञ्चमा ह्यारी गुरुङ नेतृत्वको नयाँ कार्यसमिति

नेपाली लिङ्क अक्टोबर ३१, २०२०

नवनिर्वाचित अध्यक्ष ह्यारी गुरुङ

लन्डन । हङकङ नेपाली मञ्च यूकेको नयाँ अध्यक्षमा ह्यारी गुरुङ निर्वाचित भएका छन् । शनिबार भर्चुअल माध्यमबाट सम्पन्न संस्थाको अधिवेशनले गुरुङको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

अध्यक्ष निर्वाचित गुरुङ यसअघि मञ्चको उपाध्यक्ष थिए ।  एनआरएनए यूकेका खेलकुद विभाग प्रमुख उनी साउथ इष्ट रिजनल तमुधिं लन्डन, यूके नेपाल फेडेरेसन अफ बडीबिल्डिङ एन्ड फिटनेस, बुद्ध फाउन्डेसन लगायत थुप्रै सामाजिक संघसंस्थाभित्र पनि महत्वपूर्ण जिम्मेवारीमा छन् ।  

गुरुङ नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्ष जगत गुरुङ, थान कुमान लिम्बू, अर्जुन शाही सचिव, ओमदेवी गुरुङ कोषाध्यक्ष र सरु घले सहकोषाध्यक्ष चुनिएका छन् । 

कार्यसमिति सदस्यहरुमा प्रेम गुरुङ, इन्द्रकुमारी गुरुङ, ध्रुव दत्त, विवेक शाही, विरेन्द्र गुरुङ, ब्रिटेन गुरुङ छन् ।  

महासचिव र थप सदस्य पछि मनोनित गरिनेछ । एकेन्द्र गुरुङको संयोजकत्वमा पूर्व अध्यक्षद्वय प्रेम गुरुङ र ओम गुरुङ सम्मिलित निर्वाचन समितिले नयाँ कार्यसमिति चयन प्रक्रिया सञ्चालन गरेको थियो ।  

निर्वाचन समितिकै पहलमा सर्वसम्मत कार्यसमिति चयन भएको थियो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ ।

अध्यक्ष निर्वाचित गुरुङले आफ्नो कार्यकालमा संस्थाको गरिमा थप उचाइमा पुरयाउने लक्ष्य राखेर काम गर्ने प्रतिबद्धता गरेका छन्  

आफूलाई संस्थाको नेतृत्व सुम्पिने अग्रज र सम्पूर्ण सदस्यप्रति उनले आभार प्रकट गर्दै भावी दिनमा पनि सबैको सहयोग र मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरे ।  

यसअघि निवर्तमान समितिका अध्यक्ष भिममहेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा महासचिव धनु थकालीले वार्षिक र कोषाध्यक्ष जगत गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  

मञ्च सन् २००९ मा स्थापना भएको हो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू