बिहीबार, वैशाख १३, २०८१
18:15 | २३:००

टर्की र ग्रीसमा भूकम्प, कम्तीमा २२ को मृत्यु, उद्धार जारी

रासस-एएनआई अक्टोबर ३१, २०२०

भूकम्पबाट पीडितहरुको उद्धार कार्य जारी छ । तस्बिर एएफपी

अंकरा १५ कात्तिक– टर्की र ग्रीसमा शुक्रबार शक्तिशाली भूकम्प गएका छन् । भूकम्पका कारण टर्कीमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ग्रीसमा दुईजना मारिएका छन् ।

अहिलेसम्म मानवीय क्षतिको विस्तृत विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।

टर्कीको इज्मीर शहरमा ७ म्याग्निच्युडको भूकम्प गएको र अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा ७०९ जना घाइते भएको विवरण प्राप्त भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।

भूकम्पपछि सयौँ पटक पराकम्प पनि महसुस गरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । राष्ट्रपति रेसेप टयीप एर्डोगानले टेलिभिजन मार्फत् सम्वोधन गर्दै खोजी तथा उद्धार कार्य भइरहेको र सवै जना त्यसमा सहभागी हुन वा सहयोग गर्न आह्वान गरेका छन् । उनले त्रसित नहुन, सुरक्षा र सतर्कता अपनाउन पनि सवैलाई आग्रह गरे ।

स्थानीय अधिकारीहरूका अनुसार दर्जनौ घरहरु भत्केको विवरणहरु आएको र अरु विवरण पनि आउने क्रममै रहेको उनले जानकारी दिए । अधिकारीहरुले अरु धेरै मानिस पुरिएको हुनसक्ने आशामा उद्धारकर्ताहरूले खोजी कार्य गरिरहेका छन् ।

अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्नीच्युडको भूकम्पको धक्का धेरै टाढा ग्रीसको राजधानी एथेन्स र टर्कीको राजधानी इस्तानबुलमा समेत महसुस गरिएको थियो । टर्कीमा बेला बेलामा भूकम्प गइरहन्छ । सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए ।

टर्की र ग्रीस दुवै देशमा भूकम्प गएपछि टर्कीका राष्ट्रपति एर्डोगान र ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले टेलिफोनमा कुराकानी पनि गरेका छन् । उनीहरुबीच क्षतीको अवस्था, व्यवस्थापनका उपाय, सहकार्यलगायतका विषयमा केन्द्रीत रहेर कुराकानी भएको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय महासचिवद्वारा दुःख व्यक्त
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले टर्कीमा भूकम्पबाट भएको जनधनको क्षति प्रति दुःख व्यक्त गरेका छन् । उनले पश्चिमी टर्कीमा आएको भूकम्पबाट भएको नागरिकको मृत्यु तथा भौतिक क्षतिको समाचारले आफूलाई निकै दुःख लागेको बताएका हुन् ।

राष्ट्रसंघीय महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन गुटर्रेसले प्रकाशन गरेको विज्ञप्तिमा सो भूकम्पले पश्चिमी टर्कीमा भएको क्षतिले महासचिव गुटर्रेसलाई निकै नै दुःख लागेको बताएको जानकारी गराइएको छ ।

शनिबार बिहान पश्चिमी टर्की र ग्रीक टापूमा बढी प्रभाावित गर्ने गरी आएको भूकम्पले ठूलो क्षति पुरयाएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू