आइतबार, असोज २०, २०८१
08:29
|
१३:१४
जर्मनीमा कोभिड संक्रमितको संख्या पाँच लाख नाघ्यो
रासस-सिन्ह्वा
अक्टोबर ३१, २०२०
बर्लिन-१५ कात्तिक– जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार यहाँ कोभिडका संक्रमितको संख्या ५ लाख १८ हजार ७५३ जना पुगेको छ । साथै यहाँका स्वास्थ्य अधिकारीहरुले यस संक्रमणबाट गएको २४ घन्टा यता कम्तीमा पनि १९ हजार जना संक्रमित भेटिएको जनाएका छन् ।
जर्मनीमा कोरोना संक्रमण शुरु भएदेखिको यो नै सबैभन्दा ठूलो संख्या भएको पनि उनीहरुले बताएका छन् । जर्मनीमा यस कोभिड भाइरसको दोस्रो वेभ आएको बताइएको थियो । त्यसैले पनि पछिल्लो समयमा यहाँ धेरै संक्रमितहरु देखिएको बताइएको छ । यहाँ यस भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या पनि १० हजार नाघेको छ ।
यहाँ गएको २४ घन्टामा यो संक्रमणबाट कम्तीमा पनि १०३ जनाको ज्यान गएको छ । यो सँगै यहाँ यस कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ४५२ जना पुगेका छन् । जर्मनीमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका कतिपय क्षेत्रमा कडा खालका प्रतिबन्धहरु पनि लगाइएको समाचार यसअघि नै आएको थियो ।
यहाँको सरकारले यो भाइरसको प्रकोप बढ्दै गएकोले अझै कडा खालका लकडाउनका कार्यक्रमहरु पनि घोषणा गर्ने कि भनेर पनि परामर्श गरिरहेको बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५