शनिबार, साउन १२, २०८१
02:32 | ०७:१७

भारतमा संक्रमितको संख्या ८० लाख ८८ हजार नाघ्यो, १ लाख २१ हजार बढीको मृत्यु  

२४ घण्टामा ४८ हजार ६४८ जना नयाँ संक्रमित

रासस/एएनआई अक्टोबर ३०, २०२०

नयाँदिल्ली । १४ कात्तिक– भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या शुक्रबारसम्म ८० लाख ८८ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६४८ जना नयाँ संक्रमित थपिएका छन् भने ५६३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयकाअनुसार कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७३ लाख ९४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २१ हजार ९० जनाको मृत्यु भएको छ ।

केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले कोरोनाभाइरस सक्रिय संक्रमित व्यक्तिको संख्या ५ लाख ९४ हजारको हाराहारीमा रहेको जनाएको छ । परिषदका अनुसार देशव्यापी कोरोना परीक्षण संख्या ११ करोड ६४ लाख रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू