बुधबार, वैशाख ५, २०८१
23:34 | ०४:१९

मेक्सिकोमा ९ लाख कोरोना संक्रमित

८९ हजार भन्दा बढीको मृत्यु

रासस /एएनआई अक्टोबर २८, २०२०


मेक्सिको सिटी । मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख पुगेको छ । कोरोना संक्रमणबाट मेक्सिकोमा ८९ हजार भन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएका छन् ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ६४३ जनाको मृत्यु भएको र पाँच हजार ९४२ नयाँ व्यक्तिमा संक्रमण भेटिएको मेक्सिकोका स्वास्थ्य मन्त्रालयका महामारी विभाग निर्देशक जोसे लुइस अलोमियाले एक पत्रकार सम्मेलनमा बताए ।

मेक्सिकोमा ९ लाख १ हजार २६८ व्यक्ति कोरोना संक्रमित भएका र यस संक्रमणबाट ८९ हजार ८१४ जनाको मृत्यु भएको जनाइएको छ । हाल ५२ हजार ४२८ जना कोरोना भए नभएको परिक्षणपछि परिणामको पर्खाईमा रहेका जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू