शुक्रबार, वैशाख १४, २०८१
01:30 | ०६:१५

बेलायतमा पनि धेरैको दशैं घरमै सिमित (तस्विरहरु)

सामाजिक संजालमा भेटिएको बेलायतमा दशैंको रौनक

नेपाली लिङ्क अक्टोबर २६, २०२०

लन्डन । नेपालीहरुको महान पर्व बडादशैँको दशौं दिन विजया दशमी सोमबार बेलायतका नेपालीले पनि मनाएका छन् । तर, कोरोना महामारीका कारण आफन्त र इष्टमित्रसंगको जमघट सम्भव नभएपछि यहाँ पनि प्राय सबैको दशैं आ-आफ्नो घरमै सिमित भएको छ ।  

बेलायतमा बिहान ७ बजेर ४५ मिनेटको शुभ साइतमा टीका लगाउनेहरु खासै धेरै देखिएनन् । 

शुभ साइत बिहान चांडो परेका कारण अधिकांशले भने साइत शुरु भइसकेपछिको समयमा टीका लगाएका छन् । कतिले भने टीकाको लागि आफ्नो कामअनुसार अनुकुल पर्ने समय रोजेका छन् ।  

लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा पनि बिहान ८ देखि दिउंसो २ बजेसम्म टीका कार्यक्रम राखिएको छ । मन्दिरमा आउने भक्तजनहरुलाई सामाजिक दूरी कायम गर्दै  मन्दिरका पन्डितहरुले टीका, जमरा वितरण गरेको बताइएको छ ।  

केही तस्विरमा हेरौं बेलायतमा नेपालीको दशैं

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू